काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन् ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा बालेनले मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ ।
भेटवार्तामा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको बताइएको छ ।












प्रतिक्रिया