२९ आश्विन २०८३, बिहिबार

बाजुरा घटना: राइफल चोरेर भागेपछि प्रहरीले गोली चलायो, राइफल अझै भेटिएन

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । मतदानका क्रममा बाजुराको त्रिवेणी नगरपालिका–७ मा रहेको मतदान केन्द्रमा एक जनाको ज्यान जाने गरी भएको झडपका क्रममा प्रहरीको राइफल नै लुटिएको खुलाशा भएको छ ।

झडप गर्ने नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुमध्ये केहीले प्रहरीले बोकेको इन्सास राइफल नै चोरेर भागेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको मृत्यु भएको थियो । पार्टीका कार्यकर्ताको आक्रमणमा प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवरसमेत घाइते भएका छन् ।

लुटिएको प्रहरीको राइफल फेला पर्न सकेको छैन । राइफल लिएर केही व्यक्ति फरार भएको प्रहरीले जानकारी दिएको छ ।