२९ आश्विन २०८३, बिहिबार

मतदानको निर्धारित समय सकियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि मतदानको निर्धारित समय सकिएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । समय सकिएपनि लाइनमा बसेकाले भने भोट हाल्न पाउनेछन् ।

देशका केही स्थानमा बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छ।

यसअघि भन्दा यो पटक मतदान गर्ने उत्साहमा कमी देखिएको छ । करिब ५० प्रतिशत मात्रै मत खसेको अनुमान गरिएको छ ।