२९ आश्विन २०८३, बिहिबार

बझाङमा प्रहरीले चलाएको गोली लागेर प्रहरी नै घाइते

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ४ मंसिर । बझाङमा प्रहरीले चलाएको गोली लागेर प्रहरी नै घाइते भएका छन् ।

छविस पाथिभेरा गाउँपालिका–१ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्न चलाइएको गोली लागेर प्रहरी हवल्दार घाइते भएका हुन् ।

सत्तागठबन्धनका कार्यकर्ताले मतपेटिका खोस्न खोजेपछि एमालका कार्यकर्ताले रोक्ने प्रयास गर्दा झडप भएको हो ।

गोली भित्तामा ठोक्किएर हवल्दारको खुट्टामा लागेको जानकारी दिइएको छ ।