
काठमाडौं, ४ मंसिर । दोलखाको तामाकोशी गाउँपालिकामा रहेको कालापानी मावि मतदानस्थलमा गोली चलेको छ ।
सत्तागठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले १५ राउण्ड हवाई फायर गरेको हो । राजनीतिक दलका कार्यकर्ताले प्रहरीमाथि नै आक्रमण गर्दा एक प्रहरी घाइते भएका छन् ।
मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।













प्रतिक्रिया