
काडमाडौं, ४ मंसिर । बाजुरामा मतपत्रमा आगो लगाइएको छ ।
बाजुराको स्वामिकार्तिक थापर गाउँपालिकामा रहेको मतदान केन्द्रमा समानुपातिकतर्फको मतपेटिकमा नै आगो लगाइएको हो ।
प्रदेशसभाको समानुपातिकतर्फ ‘क’ बुथमा ब्याले बक्स भित्रै मतपत्रमा आगो लगाइएको हो । आगो कसले लगाएको हो भन्ने खुल्न सकेको छैन ।
मतपत्रमा आगो लागेपछि अहिले मतदान रोकिएको छ ।













प्रतिक्रिया