२९ आश्विन २०८३, बिहिबार

पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । देशभर दिउँसो करिब १ बजेसम्ममा ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रारम्भिक अनुमानमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान भएको जानकारी दिए ।

मतपेटिका आइसेकपछि बेलुका राजनीतिक दलहरु बसेर छलफल गर्ने र त्यसपछि मतगणना हुने प्रवक्ता पौडेलले बताए । छिटपुट घटनाबाहेक मतदान अहिलेसम्म शान्तिपूर्ण रहेको बताए ।

केही स्थानमा विभिन्न कारणले मतदान रोकिएर फेरि सुचारु भएको उनको भनाइ छ ।