२९ आश्विन २०८३, बिहिबार

एमालेका कुन शिर्ष नेताले कहाँबाट गरे मतदान ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि आज मतदान भइरहेको छ ।

आम मतदातासँगै विभिन्न पार्टीका नेताहरुले विभिन्न स्थानहरुबाट मतदान गरिरहेका छन् । कतिपय आफैँ उम्मेदवार रहेका नेताहरुले आफैँलाई मतदान गर्न पाएका छन् भने कतिपयले भने आँफैलाई मतदान गर्नबाट चुकेका छन् ।

यसैबीच नेकपा एमाले शिर्ष नेताहरुले पनि मतदान गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा मतदान गरेका छन्। झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आफ्नो मतदाता नामावली रहेको भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति माविबाट दिउँसो साढे १२ बजे मतदान गरेका हुन्।

झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर २ को सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेको छ ।

यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका पोखरेलले सोही क्षेत्रको टोखा नगरपालिका-६ स्थित हात्तिचोक मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यस्तै, पार्टीका उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन्। बुटवल उपमहानगरपालिका-८ स्थित सडक डिभिजन मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन्।

अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि चितवनबाट मतदान गरेका छन्। उनले चितवन–१ को राप्ती नगरपालिकाको भण्डारा मतदान केन्द्रबाट मतदान गरेका हुन्।

नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले पनि मतदान गरेका छन् । उनले तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविबाट मतदान गरेका हुन् ।

यस्तै, लमजुङका प्रतिनिधि सभा सदस्य उमेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङ्स्थित बुद्दोदय माबीमा केन्द्रबाट मतदान गरेका छन ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रबाट मतदान गरेका छन् । एमालेका अर्का सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले मतदान गरेका छन्। उनले इस्मा गाउँपालिका-४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्।