
काठमाडौं, ४ मंसिर । बर्दियाको एक मतदान केन्द्रमा विष्फोट भएको छ ।
क्षेत्र नम्बर १ स्थित गुलेरिया-२ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएको हो ।
विद्यालयको छतमा राखिएको बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम विष्फोट भएपछि मतदाताबीच भागदौड मच्चिएको थियो ।
क्षतिकाबारेमा थप जानकारी आएको छैन । विष्फोटपछि मतदान रोकिएको छ ।













प्रतिक्रिया