२८ आश्विन २०८३, बुधबार

मुलुकको आर्थिक संकटप्रति पूर्वअर्थमन्त्री पौडेलको चिन्ता: मन बुझाउने कुनै ठाउँ रहेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २३ कात्तिक । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् ।

सबै सूचकांकहरु नकारात्मक रहेको बताउँदै उनले महंगी, बेरोजगारी र तीब्र आर्थिक संकटले कतैपनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे ।

सैनामैना नगरपालिकामा घरदैलो तथा जनतासँग भेटघाटका क्रमका क्रममा उनले राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरु नकारात्मक देखिएको बताउँदै मुलुक निराशाजनक स्थितीमा पुगेको टिप्पणी गरे ।

पछिल्लो तथ्याङ्कअनुसार मुलुकको मुद्रास्फिती ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको यही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मूल्यवृद्धि, बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा मुलुकको स्थितिले बाटो बिराएको टिप्पणी गरे । मुलुकलाई सही बाटोमा ल्याउनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।