
काठमाडौं, २३ कात्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य १४ सयले बढेर ९५ हजार चार सयमा कारोबार भइरहेको हो ।
यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैँयाले बढेर एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ ।













प्रतिक्रिया