२८ आश्विन २०८३, बुधबार

पाइलट विजय लामालाई विमान उडानमा किन रोक लगाइयो ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक लगाएको छ ।

उडानका क्रममा एक युट्युबरलाई ककपिटमै अन्तर्वार्ता दिएपछि निगमले लामालाई कारबाही गर्दै उडानमा रोक लगाएको हो ।

उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व अनुमति लिनुपर्ने हुन्छ ।

५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पनि निगमले निर्देशन दिएको छ ।

एभिएसन भ्लगर साम चुईले दुबई–काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएका थिए ।