काठमाडौं, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छिन् ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् ।
यस्तै, राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भण्डारी ६ दिन आइसल्याण्डमा रहने कार्यतालिका रहेको छ ।
भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरे । राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यतालिका छ ।













प्रतिक्रिया