२८ आश्विन २०८३, बुधबार

ईश्वरको भरोसामा रहेका रानीबारीका सुकुम्बासी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । चुनावी घरदैलोमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर-५ बाट उम्मेदवार रहेका ईश्वर पोखरेलको पछाडि लाग्दै हामी वडा नम्बर-३ रानीबारीमा पुग्यौँ ।

नेता कार्यकतासँगै पोखरेल मतदातासँग मत माग्दै थिए । पोखरेलसँगै प्रदेश सभा ‘ख’ का उम्मेदवार दीपक निरौला पनि मत मागिरहेका थिए । मत माग्दै पोखरेलको समूह साघुँरो गल्ली हुँदै सुकुम्बासी बस्तीमा पुग्यो । पोखरेललाई त्यहाँका स्थानीयले भव्य फूल-माला, अबिर लगाएर स्वागत गर्नुका साथै तथा शुभकामना दिए ।

मत माग्ने समूह केहि अगाडि पुगेपछि हामीले एक जना सुकुम्बासी जीवन बिताइरहेका मतदाता प्रेम खड्गीलाई ईश्वर पोखरेललाई के कुरा राख्नुभयो ? भनेर सोध्यौँ । “उहाँलाई पहिलैदेखि चिनेकै हो । अघिल्लो पटक पनि हामीले भोट हालेर जिताएका हौँ । यो पटक पनि हाल्ने हो, उनले भने ।”

पोखरेलले जितेर जग्गाधनी लालपूर्जा उपलब्ध गराउनेमा उनी आशावादी छन् ।  “सायद अघिल्लो कार्यकालमा उहाँलाई धेरै अप्ठयारो थियो, त्यसैले होला । यो पटक पनि उहाँलाई जिताएर ठाउँमै पुर्याएर जग्गाधनी लालपूर्जा हामीलाई उपलब्ध गराउन सक्ने बनाउनु छ । उहाँले यो काम गर्नुहुनेछ भन्ने विश्वास छ । मैले यहि कुरा उहाँलाई राखे, उनले भने ।”

उनलाई यो पटक पनि ईश्वरले जितिदिए हुन्थ्यो भन्ने लागेको रहेछ । पोखरेलसँग उनका कतिपय गुनासा रहेछन् उनको तर अब जितेपछि गुनासो गर्ने बाटो ईश्वरले राख्दैनन् भन्ने उनलाई विश्वास छ ।

“उहाँ हाम्रो अभिभावक हो । कहाँ अरु जो पायो त्यसलाई भोट हालिन्छ र ? अघिल्लो पटक उहाँले गर्न नसकेपनि अब गर्नुहुन्छ होला । त्यसैले यो पटक पनि उहाँ बाहेक अरु सोचेका छैनौँ, खड्गीले भने ।”