२८ आश्विन २०८३, बुधबार

‘आजसम्म अरुलाई भोट दिइएको छैन, यो पटक पनि ईश्वर पोखरेललाई नै दिने हो’

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर-५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् ।

सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत मागिरहेका भेटिए । स्थानीयहरुसँग पोखरेल मंसिर ४ को निर्वाचनमा यो पटक पनि आफू लगायत एमालेका उम्मेदवारलाई भोट दिन आग्रह गरिरहेका थिए भने स्थानीयहरुले सम्मानसहित भोट दिने प्रतिबद्वता व्यक्त गरिरहेका थिए ।

यस क्षेत्रका मतदाताहरु यसअघि पोखरेलले गरेका कामहरुबाट सन्तुष्ट रहेका पाइयो । बाँकी रहेका कामहरु पुरा गर्नका लागि पनि उनीहरुले पोखरेललाई स्मरण गराउँदै थिए ।

स्थानीय रामकुमार राजोपाध्यायले ईश्वर पोखरेललाई बाहेक अन्यलाई यसअघि पनि मत नदिएको र अब पनि ईश्वर पोखरेललाई नै दिने बताए ।

“आजसम्म उहाँलाई नै भोट हाल्दै आएको र यो पटक पनि उहाँलाई नै दिने हो, उनले भने ।

स्थानीयले पोखरेललाई केही सुझाव पनि दिइरहेका थिए । “देश विकासको एजेण्डा बोकेको पार्टी एमाले मात्रै हो । यो कुरा सबैलाई थाहा भइसकेको छ । यो कुरा युवाहरुलाई पनि बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितरे आएपछि युवाहरुले विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला, जीतको शुभकामना, एक स्थानीयले पोखरेललाई भने ।”  पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्वता व्यक्त गरे ।

अन्य उम्मेदवारहरुबाट यहाँका स्थानीयलाई खासै वास्ता छैन । “भोट माग्न त अरु पनि धेरै आउनुहुन्छ हुन्छ, हाल्छौँ भन्नुपरिहाल्यो । तर कसलाई हाल्ने भन्ने त हाम्रो इच्छा हो नि त । हामी ९ जना परिवारका सदस्य छौँ । हामी सबैले ईश्वर सरलाई नै भोट हाल्ने निर्णय गरिसकेका छौँ, किराना पसल गरेर बसेका एक स्थानीयले भने ।”

प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेलले काठमाडौं–५ (१) का उम्मेदवार नारायणबहादुर सिलवाल र ५ (२) का दीपक निरौलाका साथमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र पारेका छन् ।