काठमाडौं, २० कात्तिक । तान्जानियामा विमान दुर्घटना भएको छ ।
बुकोबा सहरमा अवतरणको क्रममा तान्जानियाली यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको हो ।
४३ जना यात्रु सवार रहेको प्रिसिजनको एयर दुर्घटनामा परेको हो । २६ जनालाई उद्धार गरी अस्पतालमा पु¥याइएको छ । १७ जना बेपत्ता रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बेपत्ता हुनेहरुमध्ये दुई पाइलट र दुई विमानका कर्मचारी रहेका छन् ।













प्रतिक्रिया