
काठमाडौं, २० कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको हितमा नारा लगाउने मात्रै नभई देशको अस्मिता कसरी जोगाउन सकिन्छ भन्ने कुरा बोकेर जनतासमक्ष पुगिरहेको बताएका छन् ।
काठमाडौं वडा नम्बर-७ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका पोखरेलले आफूहरु नारा मात्रै नभई योजनाका साथ जनता माझ गइरहेको बताए ।
आफू लगायत एमालेका उम्मेदवारहरुले मतदाता समक्ष राखेका योजना तथा एजेण्डाहरुसँग मतदाताहरु सन्तुष्ट रहेको पोखरेलको भनाई थियो । आफूले क्रियाशिल भएर यस क्षेत्रका जनताका पक्षमा निरन्तर काम गरेको कुरा जनताले मूल्यांकन गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले फेरि पनि जनताले विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए ।
मतदाताहरुले आफूसँग विशेषगरि रोजगारी नपाएको विषयमा गुनासो गरेको भन्दै पोखरेलले आगामी बन्ने एमालेको सरकारले देशबाट बेरोजगारी उन्मुलन गर्न विशेष योजना ल्याउने बताए ।













प्रतिक्रिया