२८ आश्विन २०८३, बुधबार

विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र लगानीको वातावरण एमालेले बनाउँछ: ईश्वर पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन् ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताए ।

विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको शीप, पुँजी र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको पोखरेलले बताएका छन् । एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण पनि गरे । संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा व्यक्त गरे ।

उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह पनि गरेका छन् ।