
काठमाडौं, १९ कात्तिक । अनेक कारण चर्चामा आइरहने प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी एवं काँग्रेस नेतृ डाक्टर आरजु देउवाले डडेल्धुरामा पुगेर गरेको भाषण यतिबेला निकै चर्चामा छ ।
आरजुले हेलिकोप्टरमा चढेर आउन सक्ने क्षमता भएकालाई भोट दिन मतदातालाई आग्रह गरेपछि उनको भाषणलाई लिएर अनेक खाले टिकाटिप्पणी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै चुनावी सभामा सहभागी हुन गृह जिल्ल्ला डडेल्धुरा पुगेकी आरजुले शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन्।
उनले आफ्ना पतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नाम त लिइनन्, तर उनलाई संकेत गर्दै भाषण गरेकी थिइन् । आरजुको अभिव्यक्ति पटकपटक विवादमा आउने गरेको छ । स्थानीय तह निर्वाचनमा पनि उनले कांग्रेसले नजितेको स्थानमा सरकारको बजेट नै नपठाउने भनी भाषण गरेकी थिइन् ।
यसैगरी, धनगढी उपमहानगरपालिकामा महिलाहरुको कार्यक्रममा वैदेशिक रोजगारीका लागि सित्तैमा मलेसिया पठाउने प्रलोभन दिएपछि विवाद भएको थियो ।













प्रतिक्रिया