२८ आश्विन २०८३, बुधबार

काठमाडौंका मेयर बालेनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाल पार्टीले मेयर बालेनको फोटो प्रयोग गरको पाइएकोले पार्टीसँग कुनै आबद्धता रहे–नरहेको विषयमा आयोगले स्पष्टीकरण सोधेको बताएको छ।

हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा प्रमुख बालेन शाहकोसमेत समर्थन रहेको उल्लेख भएको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

’यहाँको हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले यहाँको तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न यहाँको कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ?’ आयोगले काटेको पत्रमा उल्लेख छ।