काठमाडौं, १९ कात्तिक । दाङमा गत असोज ३० गते हत्या गरेर गाडिएको अवस्थामा फेला परेको शेशनी महतरा र शरद आचार्यको घटनामा नयाँ तश्य बाहिरिएको छ ।
तुल्सीपुर उपमहानगरपालिका वडा नं- १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं-६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको पुष्टि भएको छ ।
घटनामा संलग्न दमारगाउँका चारजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले करेन्टबाट उनीहरूको मृत्यु भएपछि बोरामा हालेर शव पुरेको स्वीकारी सकेका छन् ।
पक्राउ परेको चारजनाले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तीको तार तानेर करेन्टको धराप बिछ्याएका थिए । रोशनी र शरद प्रेममा थिए । उनीहरू एकअर्कालाई भेट्न असोज २७ गते राति करिब सवा १० बजेतिर घरबाट निस्किएकामा धरापमा परेर एकैसाथ मृत्यु भएको हो ।
नयाँ तथ्य खुलेसँगै यसअघि हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका टिपर चालक सुवास थिङ र सल्यानका शुशील थापा निर्दोष सावित भएका छन् ।













प्रतिक्रिया