२८ आश्विन २०८३, बुधबार

रहेनन् स्वतन्त्र भारतका पहिलो मतदाता नेगी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । भारत स्वतन्त्र भएपछि सबैभन्दा पहिला मतदान गर्ने श्याम सरन नेगीको निधन भएको छ ।

हिमाचल प्रदेशको किन्नौर निवासी नेगीको शनिबार बिहान १०५ वर्षको उमेरमा निधन भएको हो । उनले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए।

पछिल्लो पटक उनले गत नोभेम्बरमा भएको विधानसभा निर्वाचनमा भोट हालेका थिए । उनलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिन्थ्यो ।

अंग्रेजबाट स्वतन्त्र हुनका लागि भारतले वर्षौंसम्म स्वतन्त्रताको सङ्घर्ष गर्नुपरेको थियो। अन्ततः १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भयो।

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नहरूले लाल किल्लाको पर्खालबाट भारतीय झण्डा फहराएका थिए ।