
काठमाडौं, १८ कत्तिक । मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।
बिहीबार साँझ काठमाडौंको हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको हो । सुब्बालाई ठक्कर दिने मोटरसाइकल चालक पनि घाइते भएका छन् ।
उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।













प्रतिक्रिया