काठमाडौं, १७ कात्तिक । सन्दीप लामिछानेको पक्षमा बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका छन् । श्रेष्ठले बहसका क्रममा सन्दीपलाई निर्दोष सावित गर्न सक्ने बलिया प्रमाणहरु पेस गरेका छन् ।
श्रेष्ठले किशोरीमाथि बलात्कार भएको भन्ने न मेडिकल रिपोर्टले न त घटना भएको भनिएको दिनको अवस्थाले पुष्टि गर्ने दाबी गरेका छन् ।
कसैले बलात्कार गर्छ भने पीडित फेरि त्यही मान्छेसँग रातभर कसरी सुत्छ ? भन्दै श्रेष्ठले प्रश्न उठाएका छन् । सन्दीप र आरोप लगाउने व्यक्ति भोलिपल्ट हाँसीखुशी होटलबाट निस्किएको मिसिल संलग्न कागजातमा देखिएको अधिवक्त श्रेष्ठको दाबी छ ।
यदि सन्दीपले बलात्कार गरेको भए मेडिकल रिपोर्टमा दुई सातासम्म वीर्यहरु देखिनु पर्नेमा त्यो पनि नदेखिएको प्रमाण श्रेष्ठले पेस गरेका छन् । आरोप लगाउने किशोरीको ब्वाई फ्रेन्ड रहेको पनि श्रेष्ठको दाबी छ ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले बलात्कारको आरोप लगाउने नाबालिग नभएको पनि दाबी गरेका छन् । स्थानीय निकाय, बसाई सराईको कागजातदेखि स्कुलसम्ममा लेखाएको जन्ममितिमा २०६१ असार १८ गते जन्ममिति उल्लेख रहेको तर उमेर घटाएर प्रतिलिपि जन्मदर्ता निकालेको र त्यसै आधारमा नागरिकता बनाइएको प्रमाण श्रेष्ठले पेस गरेका छन् ।













प्रतिक्रिया