काठमाडौं, १७ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार गर्ने एकजना मारिएका छन् ।
खानमाथि गोली प्रहारपछि प्रहरीको जवाफी कारबाहीमा आक्रमणधारी मारिएका हुन् । अर्का एक आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गोली प्रहारबाट खानको खुट्टामा गोली लागेको छ । यस्तै, अन्य ९ जना पनि घाइते भएका छन् । एक ¥यालीमा सहभागी भइरहेका बेलामा खानमाथि गोली प्रहार भएको थियो ।
खानको लाहोरको एक अस्पतालमा उपचार भइरहेको छ ।













प्रतिक्रिया