२८ आश्विन २०८३, बुधबार

बेलाका र चौदण्डीगढी नगरपालिकामा नमुना मतदान सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा जिल्लाको बेलाका र चौदण्डीगढी नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोग नेपालको कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधवार नमुना मतदान गरेको हो ।

जिल्लाको बेलाका नगरपालिका र चौदण्डीगढी नगरपालिकाको भवन परिसरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए । बेलाका र चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी, सेवाग्राहीसहित निर्वाचन आयोगले यस पटक प्रदान गरेको सुबिधा अनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले प्रतिनिधी सभा तर्फको समानुपातीकतर्फ मत खसालेर नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

नमुना मतदान कार्यक्रमअन्तर्गत बेलाका नगरपालिकामा ५८ मत खसेकोमा ८ मत बदर भएको थियो भने चौदण्डीगढी नगरपालिका पनि ५७ मत खसेकोमा ६ मत बदर भएको थियो । नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक पटक मतदान गर्नु पर्ने भन्दै केही झन्झटिलो रहेको बताए भने केही सहभागीले नमुना मतदान बाट धेरै कुरा सिकेको र उक्त कुरा गाउ गाउमा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिकृया दिएका छन् ।

बुधवार बाट सुरु गरिएको नमुना मतदान जिल्लाका सबै पालिकामा गरिने बताइएको छ । बुधवार भएको नमुना मतदानमा १०% भन्दा बढी मत बदर हुनु खुशीको कुरा नरहेको भन्दै यसलाई कम गर्न पनि जिल्लाका सबै पालिकामा नमुना मतदान गर्नु पर्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइराला जानकारी दिए ।