२८ आश्विन २०८३, बुधबार

६ वर्षीया बालिका बलात्कारको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१२ का ३८ वर्षीय सजन कामतलाई प्रहरीले बालिका बलात्कार आरोपमा पक्राउ गरेको हो ।

कामतले घरमा कोही नभएको मौका छोपी बालिकालाई कार्तिक ११ गते दिउँसो बलात्कार गरेको बालिकाको परिवारले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

प्रहरीले बुधबार कामतलाई मोरङ अदालतमा जवरजस्तीकरणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।