
काठमाडौं, १७ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट चुनाव प्रचारप्रसार गर्न खुला भएको छ ।
निर्वाचन आयोगले आजबाट १ गतेसम्म प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने जनाएको छ ।
उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचार प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्थाअनुसार आजबाट प्रचार प्रसार सुरु भएको हो ।
आयोगले प्रचार प्रसारका क्रममा आचारसंहिताको पूर्ण पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरुले निर्वाचन प्रचार प्रसारमा जाँदा आयोगसँग अनुमति लिनुपर्ने जनाएको छ ।
यस्तै, प्रचार प्रसारमा सरकारी स्रोत साधनको प्रयोग गर्न पनि नपाइने आयोगले बताएको छ । ४ घण्टाभित्र छुट्टाछुट्टै स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।













प्रतिक्रिया