२८ आश्विन २०८३, बुधबार

प्रवासी नेपाली मञ्चको अधिवेशन १९ र २० गते काठमाडौंमा हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । प्रवासी नेपाली मञ्च (ओएनएफ)अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन यहि कात्तिक १९ र २० गते काठमाडौंमा हुने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अधिवेशनको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिइएको छ ।

बुढानिलकण्ठस्थित भिलेज रिसोर्टमा हुने महाधिवेशनको नारा “सबल प्रवासी: समृद्व नेपाल सुखी नेपाली” तय गरिएको छ ।

अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँच वटै महादेश कमिटीबाट ५ जनाका दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरेर तीनसय जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।