काठमाडौं, १६ कात्तिक । ग्लोबल आइएमई बैंकले पोखरामा थप दुईवटा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले बुधबारबाट पोखरा महानगरपालिका वडा नम्बर १७ र २४ मा एकैसाथ दुईवटा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले हालसम्म २ सय ९२ शाखा, २ सय ७० एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ९० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।













प्रतिक्रिया