
काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्री तथा प्रदेशमन्त्रीहरु चुनाव प्रचार प्रसारमा जाँदा आयोगको स्वीकृति लिनुपर्ने बताएको छ ।
बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र मन्त्री तथा सार्वजनिक पदमा रहेको व्यक्तिहरुले प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने जनाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पदमा रहेका व्यक्हिरु प्रचार प्रसारमा जाँदा सरकारी सवारीसाधन भने प्रयोग गर्न नपाइने बताए ।
उम्मेदवार तथा दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खण्डमा कारबाहीका लागि स्थानीय तहलाई नै अनुमति दिइएको पनि आयुक्त थपलियाले जानकारी दिए ।













प्रतिक्रिया