
काठमाडौं, १६ कात्तिक । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्वको मुद्वमा थुनछेक बहस सुरु भएको छ ।
आजबाट सुरु भएको बहसमा पहिलो दिन सरकारी वकिल र नाबालिकातर्फका वकिलहरुको बहस सकिएको छ ।
यस्तै, सन्दीपको पक्षबाट भने दुई जना वकिलले मात्रै बहस गरेका छन् । अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपको पक्षबाट बहस गरेका हुन् । उनीहरुले बहसमा नाबालिका भनिएकी जाहेरकर्ताको उमेर १९ वर्ष पुगिसकेको दाबी गरेका छन् ।
समय अपुगका कारण सन्दीप पक्षका बाँकी वकिलहरुले भने बहस गर्न पाएनन् । सन्दीप पक्षका बाँकी वकिलहरुले बिहीबार बहस गर्नेछन् ।
प्रहरीले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद र उचित क्षतिपूर्ति भराउन माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।













प्रतिक्रिया