
काठमाडौं, १५ कात्तिक । काठमाडौंको तिलगंगामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँ बानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको सिनामंगलको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छिन् ।
रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगर घाइते भएकी हुन् । उनको केएमसीमै उपचार भइरहेको छ ।
बससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।













प्रतिक्रिया