
काठमाडौं, १५ असोज । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ ।
न्यायाधीस माधवप्रसाद घिमिरेको इजलासले सन्दीपसँग मंगलबार बयान लिएको हो । बयान सकिएकाले बुधबार(भोलि)बाट थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्ष कैद र उचित क्षतिपूर्ति तिराउन माग गर्दै अदालतमा मुद्वा दर्ता गरेको थियो ।
भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिकाले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।













प्रतिक्रिया