२८ आश्विन २०८३, बुधबार

नागरिकता विधेयक पारितपछि प्रचण्डले सीमानामा ‘ढुक्क भयो’ भन्दै भाषण गरे: वरिष्ठ उपाध्यक्ष पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतलाई खुशी बनाउनका लागि नागरिकता विधेयक पास गरेको आरोप लगाएका छन् ।

काठमाडौं महानगरपालिका-२ मा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर-५ का उम्मेदवारसमेत रहेका पोखरेलले भू-राजनीतिक अवस्थालाई बेवास्ता गर्दै छिमेकीलाई खुशी पार्नका लागि जबरजस्ती विधेयक पास गरिएको बताएका हुन् ।

नागरिकता विधेयक पास भएपछि प्रचण्डले दक्षिणी सीमानामा पुगेर बल्ल ढुक्क भयो भन्दै भाषण गरेका पोखरेलले बताए । टोखा-२ मा ४३ वर्षपछि एमाले नेतृत्वमा आउन सफल भएको भन्दै पोखरेलले अन्य दलबाट वाक्क भएर जनताले अब विकासप्रेमी पार्टी एमालेलाई रोजेको जिकिर गरे ।

पोखरेलले राष्ट्रिय नेता भएँ भन्दैमा आफ्नो क्षेत्रका जनतालाई बिर्सिएर जनताको सुख-दु:ख, विकास निर्माणका काममा लागिरहने प्रतिबद्वता व्यक्त गरे ।

विकासका लागि नेतृत्वकर्ता र जनताबीचको सम्बन्ध गाढा हुनुपर्ने पोखरेलको भनाई थियो ।