
काठमाडौं, १५ कात्तिक । काठमाडौंको न्युरोडमा एक व्यक्ति मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै अन्दाजी ४०/४५ वर्षका पुरुष मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।
सरसफाई कर्मचारीले बिहान उनलाई मृत फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । उनको शरिरमा चोट देखिएकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।













प्रतिक्रिया