२८ आश्विन २०८३, बुधबार

सन्दीपको खातामा ६५ हजार रुपैंया मात्र !

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । तपाईंलाई लाग्न सक्छ, खेलाडीहरुको बैंक खातामा लाखौं रकम हुनसक्छ । तर, सन्दीप लामिछानेको बैंक खातामा भने ६५ हजार रुपैंया मात्र भेटिएको छ ।

क्रिकेटर सन्दीप लामिछानेको चलअचल सम्पत्ति रोक्का गर्ने क्रममा सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ मात्र भेटिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए । सन्दीपको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ ।

असोज २० देखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता भएको छ ।