
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले नाबालिका भनिएकीसँग यौन सम्बन्ध नभएको दाबीसमेत गरेका छन् ।
बयानमा लामिछानेले ती किशोरीले आफूलाई बारम्बार भेट्न कर गरेपछि भेट भएको बताएका छन् ।
पूर्णपाठ-
मैले विगत ७ वर्षदेखि पेशागत रुपमा क्रिकेट खेल्दै आएको छु । सन् २०१६ देखि निरन्तर रुपमा नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएको छु । सन् २०२१ डिसेम्बरदेखि नेपाल क्रिकेट संघको आग्रहमा नेपाल क्रिकेट टीमको क्याप्टेनको रुपमा मलाई जिम्मेवारी दिई टीमको नेतृत्व गर्दै आएको छु । त्यस्तैमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) र हाम्रो क्रिकेट टीमका खेलाडी देव खनालबीच एकापसमा चिनजान रहेछ । देव खनालले मसँग फोटो खिचेका थिए । सो फोटो निजले पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई स्न्याप च्याटमा पठाएका रहेछन । त्यसपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले मलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाइएकी थिइन् । मलाई मिति र समय याद भएन, पछि देव खनाल र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) साथी रहेको कुरा पनि थाहा पाएपछि रिक्वेस्ट एक्सेप्ट गरेको थिएँ । निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले मलाई समयरसमयमा स्न्याप च्याटमार्फत केही भिडियो र फोटो पठाउने गरेको र मैले त्यसको बदला सामान्य उत्तर दिने गरेको थिएँ । सोही क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईंको फ्यान हुँ, तपाईंसँग एकदमै धेरै भेट्ने इच्छा छ भनेकी थिइन् । मैले निजलाई जवाफमा अहिले मसँग भेट्ने टाइम छैन, म करिब २ महिनापछि खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौंला नि भन्दा निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकोले मलाई तपाईंबाट केही सहयोग चाहिएको हुँदा तपाईंलाई भेटी केही व्यक्तिगत कुराहरु शेयर गर्न मन छ भनेकोमा मैले के भयो हाउ क्यान आइ हेल्प यू ? भनी म्यासेज गर्दा होइन म भेटेरमात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले निजलाई ठीकै छ, मलाई अहिले त फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौला नि भनेको थिएँ । मिति २०७९/०५/०५ गते साँझ करिब १६ः००/१६ः१५ बजेको समयमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई मैले फोन गरेको थिएँ । कुराकानीकै बीचमा निजले फेरि पटक-पटक भेट्ने प्रस्ताव गरेकी थिइन् । मेरो केही मिटिङ पनि थियो र म व्यस्त पनि भएकोले मैले निजलाई म आज अलि व्यस्त छु, मेरो केही मिटिङहरु पनि छन् । आज तिमीलाई भेट्न सम्भव छैन भन्दा निजले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टेलमै पर्खी बस्छु भनेकी थिइन् । मेरो साँझ मिटिङ सकियो र मैले बेलुका करिब १९ः०० बजेतिर होस्टेल पुग्नुअघि होस्टेलको लोकेशन माग्नको लागि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई फोन गरी तिमी कहाँ हो ? म तिम्रो होस्टेलको बाटो हुँदै आउँदैछु भनेको थिएँ । निजले तपाईं होस्टेलतिर नआउनुस् होस्टेल नजिकै little kathmandu resturant छ । तपाईं त्यही कुरेर बस्नुस्, म त्यही आउँछु भनेकोले म little kathmandu resturant नजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ । त्यसको करिब २/३ मिनेटपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) त्यहाँ आइन् र सीधै मेरो गाडीको अगाडिको सीटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई hello, hi गरी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले आफूलाई बोलाएकोले ह्वाट्स यो प्लान ? भनी सोधेकोमा निजले मलाई लेट्स् गो टु नगरकोट भनेकोमा मैले नगरकोट जान त सम्भव छैन, बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भन्दा हैन, मैले आज बिहानदेखि नै नगरकोट जाने प्लान बनाएको छु,लेट्स गो टु नगरकोट भनेकोमा मैले फेरि पनि आज सम्भव छैन, भोलि म नबmभ खेल्न केन्या जानुपर्नेछ र त्यसका लागि तयारी पनि गर्नुपर्नेछ भन्दा निजले मलाई होइन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं । निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन । त्यही पनि मैले निजको चित्त नदुखोस् भनी गएको थिएँ । नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को बारेमा सोध्दा निजले मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफू १९ वर्षमा चलिरहेको कुरा बताएकी थिइन् । बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरि पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होइन, मेरो होस्टेल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भीउ अवलोकन गर्न पनि इच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं । नगरकोट जाने क्रममा मैले देव खनाल र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को मित्रताको बारेमा समेत राम्रोसँग सोध्दा निजले देव खनालको खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सोसल मिडियामार्फत देव खनालसँग चिनजान भएको कुरा बताएकी थिइन् । नगरकोट जाने क्रममा हामीबीच धेरैजसो कुरा क्रिकेट र मेरो संगीतको बारेमा भएको थियो । हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौं। म प्रायः सो आफ्नो ाबmष्थि र साथीहरुसँग कहिलेकाहीं नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोटस्थितमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भएतापनि हामी दुईजनाबीच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन । करिब २०ः३० बजेतिर हामी बोजिनी रिसोर्टमा संगीत सुन्दै हाँसीखुशीका साथ नगरकोट गएका थियौं । उक्त रिसोर्ट पुगिसकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केही समयमा खाजा अर्डर गरेका थियौं । हामी दुबै जनालाई संगीत मन पर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई गीत गाउन धेरै नै मनपर्ने र मलाई गीत सुन्ने इच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार लिई आई हामी दुबैजना भई रिसोर्टको बाहिर बसी केही गीत गाउँदै रमाइलो गरेका थियौं । केही समयपछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाई काठमाडौंको खष्भध हेरी रहेको थिएँ । त्यसैबीचमा निज परिवर्तित नाम गौशाला २६ ९छ० ९१० (०७९/०८०) मेरो पछाडि आई मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिइन् । त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भैसक्यो, रात पर्यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन, यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरीिहामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्नेछ, तिमी बुझ न भन्दा निजले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोली दिएको थिएँ ।
त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) गाडीमा गई बसिन् भने म बिल तिर्न काउण्टरमा गए । बिल तिरिसकेपछि हामी दुबै जना करीब २३ः०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टबाट हिँडेका थियौं । हामी बोजिनी रिसोर्टबाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) केही रिसाएकी थिइन् । मैले निजको मुड ठीक गर्नका लागि गाडीमा मीठो मीठो गीत लगाएँ । त्यसको केही छिनपछि कुराहरु सामान्य हुन थाल्यो । करिब २३ः१५ बजेतिर हुनुपर्छ, मलाई निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुर्याइदिन्छु भन्दा कहाँ हुन्छ, यति राति भइसक्यो, होस्टेल बन्द भइसक्यो, होस्टेल खुल्दैन भन्न थालिन् । निजको त्यो कुरा सुनेर म एकछिन छक्क परें, अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होइनौ, अहिले होस्टेल बन्द भयो भन्छौ भनेकोमा सोही क्रममा निजलाई एउटा फोन आएको थियो तर निजले फोन उठाइनन् र म्यासेजमार्फत आफ्नो साथीलाई म बिहान आउँछु भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झुठ बोलेको, भोली कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दा फेरी पनि होस्टेल बाहिरबाट कोहि कसैले फोन ग¥यो भने म होस्टेलमा छु भन्छु र होस्टेल भित्रवाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन् । निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिईन तर उक्त कुरा झुठो बोलेकी रहेछिन भन्ने कुरा मलाई आभास भयो । त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईसँग जान्छु, तपाईसँगै धेरै कुरा गर्नु छ र मेरा केहि व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु, त्यहि गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिंदै त्यहा सबै खेलाडीहरु हुन्छन, त्यसमाथी देव पनि त्यहि हुन्छ भन्दै आनाकानी गर्न थालिन । निज आनाकानी गरेको देखी, ठिकै छ नि त, म भोली क्रिकेटका लागी बाहिर जानु छ, अरु सबै खेलाडीहरु हायातमा बसेका छन, मलाई जसरी भए पनि पुग्नुपर्छ । म तिमीलाई मैले चिनेको र म लगायत अन्य खेलाडीहरु कहिलेकाँही क्याम्पका लागी जाने ज्यतभ िप्बतजmबलमग क्ष्लल मा फोन गरी एउटा कोठा बुक गरीदिन्छु, म पनि एक छिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेल सम्म पु¥याई दिनका लागी बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल ज्यतभ िप्बतजmबलमग क्ष्लल मा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ । ज्यतभ िप्बतजmबलमग क्ष्लल मा पुगेपछि मैले निजलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउछु भनेपछि निज गाडीबाट आफ्नो मोबाईल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ । मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन, त्यसपछि म त्यहि कोठामा गएँ, कोठामा पुगी ए.सी. नचेलेको देखी मैले होटलको स्टाफलाई ईनफम गरें । त्यसपछि कोठाको ए.सी। बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भने अनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ । कोठामा पुगीसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिईन । मैले किन ढोका लक गरेको भन्दा केहि हुदैन, भन्दै जवाफ फर्काईन । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहे भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागी बाथरुम गई पुनः कुर्चीमा आई बसें । त्यसपश्चात खेल जिवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोहि क्रममा मेरो व्यक्तिगत जिवनको बारेमा कुरा गर्दा मैले मेरो प्रेमिका रहेको र छिटै मेरो १/२ वर्षमा बिवाह गर्ने योजना बनाएको कुरा समेत गरेको थिएँ । त्यसपछि मैले तिम्रो बारेमा भनन त भन्दा मेरो घर नुवाकोट हो तर म बिरगंजमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बिचबिचमा बिद्यालय परिवर्तन गर्दै अहिले पुन काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थिती समेत राम्रो नरहेको कुरा बताइन् । कुराकानीको क्रममा निज उदास देखिएकोले मैले सब ठिक हुन्छ, दुखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठिक नरहेकोले निजले मलाई सहयोगका लागी समेत कुरा गरेको र मैले ठिकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरी उदास भएको देखेपछि मैले केहि गित सुनाएँ र त्यसपछि निजको अनुहारमा खुसी देखी मलाई पनि खुसी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३ः४५- ०४ः०० बज्यो । कुराकानी कै क्रममा निज आफैले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिए, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरा समेत गरेकी थिईन । यो कुरा सुन्दा निजमाथी शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोली बिहान होस्टेलसम्म पु¥याई दिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाई यहि बस्नुस, हामी यहि कुराकानी गरौँला भनी आग्रह गरिन । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठिक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यहि सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पु¥याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यहि बस्नुस् , हामी यहि बसी अझै केहि गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सिमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहि ठिक छु भन्दै निजको आग्रहलाई अस्विकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् । मैले मेरो मोबाईलमा बिहानको ०६ः०० बजे अर्लाम लगाई कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ । बिहान ०६ः०० बजे बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिईन, मैले निजलाई उठाएँ । म फेरी बाथरुममा फ्रेस भई आई निजलाई तिमी दचभबपाबकत मा केहि लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजे तिर हामी होटलवाट निस्केका थियौं । कोठाबाट सँगै निस्किने क्रममा म भ¥याङबाट छिटै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निजपनि खुसी हुदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडी दिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोहि साँझ म लगायत मेरो क्रिकेट टिम भई केन्यातर्फ लागेका थियौं । केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा दगकथ हुन्छु, नबmभ मा ायअगक गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडिया मार्फत एक्कासी निज पीडित भनीएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाई परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगीसकेको र आफ्नो दयथ ाचष्भलम समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गितको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौं ।













प्रतिक्रिया