२८ आश्विन २०८३, बुधबार

नेकपा एसका जिल्ला कमिटी सदस्य श्रेष्ठसहित ६ जना एमालेमै फर्किए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना नेकपा एमालेमै फर्किएका छन् ।

श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री  एमालेमै फर्किएका हुन् । उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गरेका थिए ।

श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै भिजन नभएको भन्दै पुन: आफ्नो पुरानै घरमा फर्किएको बताए । श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ को युवा परिचालनको सचिव भएर काम गरेका थिए । यस पटक पनि एमाले उम्मेदवारहरू ईश्वर पोखरेल, नारायण सिलवाल र दीपक निरौलालाई जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उनले बताए ।

यस्तै, श्रेष्ठ लगायतलाई स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश विकासको अभियानमा उनीहरुको भूमिका रहने विश्वास व्यक्त गरे ।