२८ आश्विन २०८३, बुधबार

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । छठ घाटमा हिँडेका उनीहरुलाई कारले ठक्कर दिएको हो ।

ठक्कर दिएर फरार भएको कारको खोजी भइरहेको प्रहरीले बताएको छ ।