
काठमाडौं, १४ कात्तिक । गुजरातको मोरबीमा रहेको एउटा झोलुंगे पुल चुँडिदा मृत्यु हुनेको संख्या १ सय ४० पुगेको छ ।
आइतबार साँझ छठ पूजाका लागि आएका भक्तजनहरुको पुल चुँडिदा मृत्यु भएको हो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको भएको एक सातामै चुँडिएको हो ।
क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ ।
अहमदाबादबाट २ सय किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो ।













प्रतिक्रिया