२८ आश्विन २०८३, बुधबार

चुनावी कार्यक्रममै शशांक कोइराला बेहोस्, भरतपुरमा उपचार हुँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला एक कार्यक्रमकै बीचमा बेहोस् भएका छन् ।

चुनाव प्रचार प्रसारका लागि नवलपरासी पूर्व १ मा रहेका कोइराला एक्कासी बेहोस भएका हुन् । कोइराला नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका छन् ।

उनी अस्वस्थ भएपछि उपचारका लागि भरतपुर मेडिकल कलेजमा भर्ना गरिएको छ ।

उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।