
काठमाडौं, १३ कात्तिक । भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
गृह मन्त्रालयले शनिबार सो घट्नाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।
कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका-२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको थियो ।













प्रतिक्रिया