२८ आश्विन २०८३, बुधबार

सन्दीपविरुद्व भोलि अदालतमा मुद्वा दर्ता हुने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्व काठमाडौं जिल्ला अदालतमा भोलि मुद्वा दर्ता हुने भएको छ ।

सरकारी वकिलको कार्यालयले भोलि मुद्वा दर्ता गर्ने तयारी गरेको हो । प्रहरीले यसअघि कात्तिक ४ गते नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

प्रतिवेदनमा सन्दीपलाई १० देखि १२ वर्ष कैद र क्षतिपूर्ति भराउन माग गरिएको छ । गत भदौ ५ गते लामिछानेले बलात्कार गरेको भन्दै एक नाबालिकाले प्रहरी वृत्त गौशालामा भदौ २१ गते उजुरी दिएकी थिइन् ।

प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ गरेको थियो ।