
काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका नेता डा. भीम रावलले सिमानामा भारतले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय किन मौन रहेको भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा। रावलले परराष्ट्र मन्त्रालय किन मौन रहेको भन्दै प्रश्न गरेका हुन् ।
उनले सडक निर्माणमा गरेको विष्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद निधन भएको व्यक्त समेत गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दाबित्दै सडक निर्माणमा गरेको विष्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ। १४ वर्षीया सरीना महरा घाइते भएकि छिन्। सीमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?













प्रतिक्रिया