२८ आश्विन २०८३, बुधबार

देउवालाई केपी ओलीको प्रश्न– जयसिंह धामी मारिएजस्तै प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको व्यास गाउँपालिका-२ मा भारतले सडक विस्तार गर्ने क्रममा ढुंगाले लागेर नेपाली बालकको मृत्यु भएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवा मौन देखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले सत्य, तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ? भन्दै ओलीले प्रश्न गरेका छन् ।

ओलीले लेखेका छन्,’नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् ।

घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’