
काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार दीपक निरौलाले वर्तमान गठबन्धन सरकारका कारण काठमाडौंबासीले व्यवस्थीत रुपमा मेलम्चीको पानी पिउन नपाएको बताएका छन् ।
शनिबार बिहान काठमाडौंको बाँसबारीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै निरौलाले अब एमालेको सरकार आएपछि मात्रै यी समस्या समाधान हुने बताए ।
निरौलाले एमालेको सरकारले नै सार्वजनिक जमिनहरु एकीकृत गर्ने कार्यको थालनी गरेको भन्दै आगामी दिनमा पनि एमालेको सरकार बनेमा यी योजनाहरुलाई अझै सशक्त रुपमा अगाडि बढाउने बताए ।
पूर्वसांसदसमेत रहेका निरौलाले यो निर्वाचन राष्ट्र निर्माणका लागि महत्वपूर्ण भएको बताए ।
उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आव्हान पनि गरे ।













प्रतिक्रिया