
काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शेरबहादुर देउवाको सरकारले चुच्चे नक्शालाई बुच्चे बनाएको बताएका छन् ।
एमालेको सरकार हुँदा जारी भएको चुच्चे नक्शालाई देउवा नेतृत्वको गठबन्धन सरकारले बुच्चे बनाएको पोखरेलले टिप्पणी गरेका हुन् । भारतले आफ्नो दाबी गर्दै नेपालको भूमि मिचेकोमा केपी ओली सरकारले चुच्चे नक्शा निकालेर भारतको मिँचाइविरुद्व आफ्नो भू-भाग फिर्ता ल्याउन लागिपरेकोमा अहिलेको सरकार भने भूमि नै बेच्नतर्फ लागेको पोखरेलले आरोप लगाएका हुन् ।
अर्को प्रशंगमा पोखरेलले नागरिकता नाइट बसको टिकट झैँ बाँड्न नहुने बताए । अंगीकृत नागरिकता वितरणमा ध्यान नदिने हो भने देश फिजी हुने दाबी गरे ।
नेपाली चेली भारतमा विबाह गरेर जाँदा ७ वर्षसम्म नागरिकता नपाउने भन्दै भारतीय नेपालमा बिवाह गरेर आउने बित्तिकै नागरिकता दिने कुरा न्याय संगत नभएको पोखरेलको भनाई थियो ।













प्रतिक्रिया