
काठमाडौं, १२ कात्तिक । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाट विभिन्न पार्टी परित्याग गरी ४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी पार्टी परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा बाँसबारीका कांग्रेसका स्थानीय नेता अरुण केसी लगायत रहेका छन् ।
शनिबार बिहान बाँसबारीमा आयोजित कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।













प्रतिक्रिया