२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकारकै नाम समानुपातिक बन्दसूचीबाट ‘आउट’ !

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको नाम प्रतिनिधिसभाको समानुपातिकको बन्दसूचीबाट हटेको छ ।

निर्वाचन आयोगले मंगलबार परियारको नाम बन्दसूचीबाट हटाएको हो । सरकारी लाभको पद धारण गरेका परियारको नाम हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् ।

कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।